Erani Mahal
पाल्पाकाे ८१ वडामा कांग्रेसकाे अधिवेशन हुने
congreeeee
पाल्पा – नेपाली कांग्रेसको आशन्न महाधिवेशनको सरगर्मी सुरु भएको छ । कांग्रेसको १४ औँ महाधिवेशनका लागि भोलि सोमबार पाल्पा जिल्लाको वडा अधिवेशन गर्ने तयारी छ । जिल्लाभरका ८१ वटा वडामा कांग्रेसका सदस्यहरुले नयाँ नेतृत्व चयन गर्नेछन् । कांग्रेसको नयाँ विधान अनुसार वडाको सभापतिमा १, उपसभापतिमा २, सविचमा २, सहसचिवमा २, कोषाध्यक्षमा १ जना निर्वाचित हुने व्यवस्था छ । यस्तै वडा समिति २५ जनाको हुने नेपाली कांग्रेस पाल्पाका सचिव झपेन्द्र गहिरेले जानकारी दिनुभयो । वडा समिति र गाउँ समिति चयन गर्नका लागि सोमबार हुने अधिवेशन महत्वपूर्ण हुने उहाँले बताउनुभयो । उहाँका अनुसार पाल्पा जिल्लामा कांग्रेसको ९ हजार १५८ जना क्रियाशिल सदस्य छन् । वडा अधिवेशनमा सबै क्रियाशिल सदस्यले भाग लिने उहाँले बताउनुभयो । सदस्यता विवाद नरहेकाले भालिको अधिवेशन शान्तिपूर्ण रुपमा सम्पन्न हुने कांग्रेस पाल्पाको भनाई छ । उता वडाको अधिवेशनसँगै गाउँ÷नगर हुँदै क्षेत्र र जिल्लाको समेत अधिवेशन हुने भएकाले नेतृत्वका लागि जिल्लास्तरका नेताहरुको दौडधुप चलेको छ । पाल्पामा हाल सभापति रहनुभएका वीरबहादुर रानाले दुई कार्यकाल सभापतिको नेतृत्व गरिसक्नुभएकाले अब जिल्ला सभापतिको उम्मेदवार को बन्ने भन्ने चर्चा सुरु भएको छ । जिल्ला सभापतिका लागि आकांक्षी धेरै देखिएकाले वडा, पालिका र क्षेत्रको अधिवेशनसम्ममा एउटा खाका बाहिर आउने दावी गरिएको छ । क्षेत्र, जिल्ला र केन्द्रमा समेत कांग्रेसभित्र गुट उपगुट भएकाले नेता र कार्यकर्ताहरू गुट बलियाे बनाउन कस्सिएका छन् ।
प्रकाशित मिति: आइतबार, भदौ २०, २०७८  २१:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update