Erani Mahal
पाल्पाका चार स्थानीय तहमा काेराेना संक्रमित शुन्य !
corona-gg
पाल्पा – पाल्पाका चार स्थानीय तहमा कोरोनाका सक्रिय संक्रमितको संख्या शुन्यमा झरेको छ । तानसेन, रैनादेवी छहरा, बगनासकाली र रम्भा गाउँपालिकामा कोरोनाका सक्रिय संक्रमितको संख्या शुन्यमा झरेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । पछिल्लो एक साता यता जिल्लाका अधिकांश स्थानीय तहमा कोरोनाका सक्रिय संक्रमितको संख्या शुन्य हुँदै गएको छ । निषेधाज्ञा खुकुलो बनाएपनि कोरोना संक्रमित हुनेको दर कम भएकाले स्थानीय तहहरुमा कोरोनाका सक्रिय मानिसको संख्या शुन्यमा झरेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । जिल्लाको रिब्दीकोटकोमा ११ जना सक्रिय संक्रमित छन् भने अन्य पालिकामा दश भन्दा कम छन् ।
प्रकाशित मिति: आइतबार, भदौ २०, २०७८  १६:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update