Erani Mahal
पाल्पामा आइतबार काेराेनाबाट निकाे हुने २२, संक्रमित हुने १२
Corona_
सुमन गाहा, पाल्पा - पाल्पा जिल्लामा पछिल्लाे २४ घण्टामा संक्रमितको दर भन्दा निको हुनेको दर बढी देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयले आईतबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा २२ जना संक्रमित निको भएका छन् । आइतबार १२ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालयका अनुसार तानसेन नगरपालिकाका ७, रामपुर नगरपालिकाका ६, पुर्वखाेला गाउँपालिकाका ४, रैनादेवि गाउँपालिकाका २, रिब्दीकाेट गाउँपालिकाका २ र तिनाउँ गाउँपालिकाका १ जना संक्रमित कोरोनामुक्त भएका हुन् । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ९ हजार ४ सय ६३ पुगेको छ । यस्तै,पछिल्लो २४ घण्टामा जिल्लामा १२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । एन्टिजेन परीक्षणमा ९ जनाको परीक्षण गरिएकोमा १ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालयका अनुसार रामपुर नगरपालिकाका १ जनामा संक्रमण देखिएको हो । त्यस्तै पीसीआर परीक्षण ३३ जनाकाे परिक्षण गरिएकोमा ६ जना महिला र ५ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीका अनुसार तानसेन नगरपालिकाका ४, निस्दी गाउँपालिकाका २, रिब्दिकाेट गाउँपालिकाका ४, तिनाउँ गाउँपालिकाका १ जनामा संक्रमण देखिएको हो । अहिलेसम्म २ सय १८ जना संक्रमितको मृत्यु भइसकेको छ । अहिले कुल सक्रिय संक्रमितकोसंख्या ३८ पुगेको छ । जसमा १८ जना होम आइसोलेसनमा रहेका छन् भने २७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
प्रकाशित मिति: आइतबार, भदौ २०, २०७८  १६:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update