Erani Mahal
पाल्पामा घट्दैंछ काेराेना संक्रमित हुनेकाे संख्या
Corona__
पाल्पा – जिल्लामामा कोरोनाबाट सङ्क्रमित हुनेभन्दा निको हुने बिरामीको सङ्ख्या बढ्दै गएको छ । स्वास्थ्य कार्यालय पाल्पाले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार हरेक दिन कोरोना सङ्क्रमित हुने भन्दा निको हुने मानिसको सङ्ख्या बृद्धि हुँदै गएको हो । निषेधाज्ञा खुलुलो बनाएपनि पाल्पामा पछिल्लो दिनहरूमा कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्या निरन्तर घटेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो । उहाँका अनुसार दैनिक जाँच सङ्ख्याको दश प्रतिशत मानिसमा मात्र सङ्क्रमण देखिएको छ । निको हुने सङ्क्रमितको सङ्ख्या बढेपछि शनिबारसम्ममा कोरोना रिपोर्टमा निस्दी, बगनासकाली र रम्भा गाउँपालिकामा सक्रिय सङ्क्रमितको सङ्ख्या शुन्यमा झरेको छ । यस्तै तानसेन, पूर्वखोला, माथागढी, रैनादेवी छहरा, रिब्दीकोट र तिनाउ गाउँपालिकामा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या दश भन्दा कम छ । रामपुर नगरपाकिामा ११ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । ्पाल्पामा शनिबारसम्ममा सङ्क्रमितको कुल सङ्ख्या ४८ मा झरेको छ ।
प्रकाशित मिति: शनिबार, भदौ १९, २०७८  २१:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update