Erani Mahal
पाल्पाकाे प्रभासमा मालबहाक ट्रक दुर्घटना
acci2
पाल्पा – जिल्लाको तानसेन–७, प्रभासमा मालबहाक ट्रक दुर्घटना भएको छ । बुटवलबाट सिद्धार्थ राजमार्ग हुँदै गुल्मीतर्फ जाँदै गरेको लु २ ख १४५ नम्बरको मालबाहक ट्रक प्रभासमा दुर्घटना भएको हो । शनिबार बिहान ९ बजेतिर उक्त ट्रक दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनाबाट मानवीय क्षति भएको छैन । ट्रक सडकमा गुड्दै गर्दा अनियन्त्रित भई १० मीटर तल प्रभास खोलामा खसेको प्रहरीले जनाएको छ । ट्रकमा ल्याइएको केही सामानमा भने क्षति पुगेको छ । ट्रकमा खाद्यान्न, इटा ग्यास लगायतका सामग्री थियाे । ट्रकमा रहेका चालक सहचालक लगायतका मानिस भने सुरक्षित रहेकाे बताइएकाे छ । [caption id="attachment_20336" align="alignnone" width="768"] तस्विर : विनाेद कुमार शर्माकाे फेसबुक पेजबाट ।[/caption] दुर्घटना के कारणले भएकाे भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेकाे जनाएकाे छ ।
प्रकाशित मिति: शनिबार, भदौ १९, २०७८  १०:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update