Erani Mahal
बालिकालाई जबर्जस्ती करणी गरेकाे अभियाेगमा युवक पक्राउ
pakrau
पाल्पा – ११ वर्षकी बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रिब्दीकोट गाउँपालिका–६, बस्ने वर्ष २५ का हर्कबहादुर विकले रहेका छन् । पक्राउ परेका विकले तिनाउ गाउँपालिकाकी ११ वर्षकी बालिकालाई जबर्जस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । विकलाई प्रहरीले पक्राउ गरी थप अनुन्धान कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयो । पक्राउ परेका विकले तीन दिनअघि ती बालिकालाई जबर्जस्ती गरेको उजुरी प्रहरीमा परेको उहाँले बताउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, भदौ १८, २०७८  २०:००
प्रतिक्रिया दिनुहोस्
Weather Update