Erani Mahal
निस्दीको धोबलामा कृषि तथा पशु उद्यमशीलता आधारशिला तालिम सम्पन्न
240291821_4446884352037893_700481116141014456_n
पाल्पा - निस्दी गाउँपालिका वडा नम्बर-६,अर्चले,धोबला,पाल्पामा कृषि तथा पशु उद्यमशीलता बिकास हेफर आधारशिला तालिम सम्पन्न भएको छ । गणेशदेवी स्ववलम्वन महिला समूहका अध्यक्ष लोकमाया रानाको अध्यक्षतामा सन्चालन भएको तालिमको समापन समारोहका प्रमुख अतिथि वडाध्यक्ष मेख बहादुर सुनारी रहनुभएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुनारीले महिलाहरुको क्षमता बिकासमा यस्ता तालिम आवश्यक रहेको बताउदै तालिममा सिकेका कुराहरु व्यवहारमा उतार्नु पर्ने बताउनुभयो । कार्यक्रममा वडा सदस्य उजिरसिं राना,सामाजिक सहजकर्ता गणेश दर्लामी,पशु प्रविधिक मनबिर नेपाली,लक्ष्मी राना लगायतकाले बोल्नुभएको थियो । भदौ १५ गते देखि १८ गते सम्म चलेको तालिम निस्दी गाउँपालिकाको आर्थिक सहयोग र जनबिकास तथा परिचालन केन्द्रको आयोजनामा सम्पन्न भएको हो । जम्मा २५ जनाको सहभागिता रहेको तालिमको सहजीकरण सामाजिक सहजकर्ता गणेश दर्लामी र दिनेश सुनारीले गर्नुभएको हो ।
प्रकाशित मिति: शुक्रबार, भदौ १८, २०७८  १८:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update