Erani Mahal
पाल्पामा सक्रिय संक्रमित जम्मा ५८ जना मात्रै !
Corona_
सुमन गाहा, पाल्पा - जिल्लामा पछिल्लो समय कोरोना संक्रमितको संख्या घट्दै गएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो समयमा कोरोना परीक्षणको आधारमा संक्रमण दर घट्दै गएको हो । पछिल्ला २४ घण्टामा पनि संक्रमितको दर भन्दा निको हुनेको दर बढी देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयले शुक्रबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा १४ जना संक्रमित निको भएका छन्, भने १० जनामा संक्रमण पुष्टि भएको छ । निकाे हुने संक्रमितकाे संख्या घटेका कारण र परीक्षणमा संक्रमण दर कम देखिएपछि जिल्लामा सक्रिय संक्रमितकाे संख्या कम हुँदै गएकाे छ । जिल्लामा शुक्रबारसम्ममा जम्मा ५८ जना मात्रै काेराेनाका सक्रिय संक्रमित रहेकाे स्वास्थ्य कार्यालय पाल्पाले जनाएकाे छ । स्वास्थ्य कार्यालयका अनुसार तानसेन नगरपालिकाका १०, रामपुर नगरपालिकाका १, पुर्वखाेला गाउँपालिकाका ३ जना संक्रमित कोरोनामुक्त भएका हुन् । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ९ हजार ४ सय २५ पुगेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीले बताउनुभयाे । यस्तै,पछिल्लो २४ घण्टामा जिल्लामा १० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । पीसीआर परीक्षणमा ३३ जनाको परीक्षण गरिएकोमा २ जना महिला र १ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालयका अनुसार तानसेन नगरपालिकाका २ जना र रैनादेवी छहरा गाउँपालिकाका १ जनामा संक्रमण देखिएको हो । त्यस्तै एन्टिजेन परीक्षण गरिएकोमा २ जना महिला र ५ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालयका अनुसार तानसेन नगरपालिकाका ४ जना, रिब्दिकाेट गाउँपालिकाका २ जना, रैनादेवी छहरा गाउँपालिकाका १ जना, रामपुर नगरपलिकाका ३ जनामा संक्रमण देखिएको हो ।
प्रकाशित मिति: शुक्रबार, भदौ १८, २०७८  १६:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update