Erani Mahal
रिब्दीकाेट लघुवाका कुँवर मृत अवस्थामा फेला
death-sign
पाल्पा – एक दिनअघि हराएका रिब्दीकोट गाउँपालिका–२, लघुवाका ६५ वर्षका धनबहादुर कुँवर मृत अवस्थामा फेला परेका छन् । घरमा कसैलाई जानकारी नदिइ भदौँ १६ गते बुधबार दिउँशोदेखि हराएका कुँवर बिहीबार दिउँशो बजे मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । कुँवर रिब्दीकोट गाउँपालिकाकै काहुलेखोला भन्ने स्थानमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । कुँवरको के कारणले मृत्यु भएको हो भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयो । [caption id="attachment_14862" align="alignnone" width="768"] -सांकेतिक तस्वीर[/caption]
प्रकाशित मिति: बिहीबार, भदौ १७, २०७८  २०:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update