Erani Mahal
पाल्पामा अक्सिजन प्लान्ट संचालन : दैनिक ५० सिलिण्डर उत्पादन
oxygen plan palpad
सुमन गाहा, पाल्पा – जिल्ला अस्पताल पाल्पामा अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ । कोरोना सङ्क्रमित तथा अन्य बिरामीको उपचारमा अक्सिजनको अभाव हुन नदिन जिल्ला अस्पतालले अक्सिजन प्लान्ट सञ्चालनमा ल्याइएको जनाएको छ । गत २०७८ जेठ ४ गते नेपाल सरकारले अक्सिजन प्लान्ट सञ्चालन गर्न एक करोड ५० लाख बजेट विनियोजन गरेको थियो । सोही बजेटबाट प्रतिष्पर्धाको आधारमा एक करोड २८ लाखमा अक्सिजन उत्पादन गर्ने उपकरण खरिद गरेर जडान पछि प्लान्ट संचालनमा ल्याइएको अस्पतालले जनाएको छ । अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टले दैनिक ५० सिलिण्डर अक्सिजन उत्पादन गर्ने पाल्पा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नेत्रप्रसाद पाण्डेयले बताउनुभयो । दैनिक ५० सिलिण्डर अक्सिजन उत्पादन भएपछि अब पाल्पामा अक्सिजनको अभाव नहुने अध्यक्ष पाण्डेयले बताउनुभयो । तर अक्सिजन प्लान्ट जडानका लागि आउनुभएका इन्जिनियर देवेन्द्र श्रेष्ठले भने आवश्यक परेको बेलामा केही उपकरण थप गरेर दैनिक एक सय सिलिण्डर अक्सिजन उत्पादन गर्न सकिने बताउनुभयो । जिल्लामै अक्सिजन प्लान्ट संचालनमा आएपछि जिल्लाभित्रका विभिन्न अस्पताललाई आवश्यक पर्ने अक्सिजन समेत वितरण गर्न सकिनेछ । पाल्पा अस्पलताललाई कोरोना महामारीको बेला दैनिक १५ सिलिण्डर आवश्यक थियो । ‘अहिले अवस्था सहज भएका बेला दैनिक ३/४ सिलिण्डर आवश्यक हुन्छ पाल्पा अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. जगदीश कुँवरले भन्नुभयो बढी भएको अक्सिजन अन्य अस्लाई मागबमोजिम दिन सकिन्छ ।’ अक्सिजन उत्पादन गर्ने उपकरण दुई महिनाअघि नै पाल्पा अस्पतालमा आइपुगेपनि उक्त उपकरण जडान गर्न ढिला भएको थियो । ‘रकम अभावले अक्सिजन प्लान्टका उपकरण राख्ने संरचना बनाउन ढिला भएको उपभोक्ता समितिका अध्यक्ष नवराज न्यौपानेले बताउनुभयो ।
प्रकाशित मिति: बिहीबार, भदौ १७, २०७८  १७:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update