Erani Mahal
पाल्पाकाे डुम्रेमा खसेकाे पहिराे हटाउन सिद्धार्थ राजमार्ग दुई रात बन्द हुने
bato khuleyoo
पाल्पा – सिद्धार्थ राजमार्ग अन्तर्गत तानसेन–८, डुम्रेमा खसेको पहिरो हटाउन दुई रात साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म बाटो बन्द हुने भएकाे छ । सिद्धार्थ राजमार्ग आज (बिहीबार) साँझ ७ बजेदेखि अर्को दिन बिहान ६ बजेसम्म र शुक्रबार साँझ ७ बजेदेखि अर्काे दिन बिहान ५ बजेसम्म बाटाेकाे पहिराे हटाउन बाटाे बन्द गर्न लागिएकाे हाे । सिद्धार्थ राजमार्गमा खसेको पहिरो हटाउन बाटो बन्द गर्नुपर्ने सडक डिभिजन कार्यालयबाट अनुरोध भई आएकाले पाल्पाका प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेको अध्यक्षतामा बैठक बसी निर्णय गरिएको हो । दुइ रात एम्बुलेन्सबाहेक अन्य सवारीसाधन संचालनमा रोक लगाएको पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले बताउनुभयो । उक्त क्षेत्रको पहिरो नहटाउदा थप क्षति हुन सक्ने भएकाले तत्काल पहिरो हटाउन बाटो बन्द गर्नुपरेको पाल्पाका प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो । दुबैतर्फीको सडक सुचारू नहुँदा सवारीसाधन निर्बाध संचालनमा समेत समस्या आएको प्रहरी उपरीक्षक सन्तोषकुमार भट्टराईले बताउनुभयो । पहिराे हटाएपछि मात्र सवारी निर्बाध चल्ने र उक्त क्षेत्रमा पहिराेकाे जाेखिम कम हुने उहाँले बताउनुभयाे । प्रशासनले बिहीबार रातिदेखि बिहान ६ बजेसम्म र शुक्रबार रातिदेखि शनिबार बिहान ६ बजेसम्म सवारीसाधन संचालनमा नगर्न सबैलाई अनुरोध समेत गरेको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ १७, २०७८  १३:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update