Erani Mahal
लुम्बिनीमा पूर्ववर्ती सरकारले अगाडि बढाएकाे सञ्चार विधेयक फिर्ता हुने
dilli chaudhary
रुपन्देही- लुम्बिनीमा पूर्ववर्ती सरकारले अगाडि बढाएकाे संचारमाध्यमसम्बन्धी विधेयक फिर्ता हुने भएकाे छ । तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारले अदालतझै निजामती कर्मचारीले दण्ड र जेल सजाय गर्नसक्ने व्यवस्था कायम गर्ने गरी विधेयक अगाडि बढाएपछि तीव्र आलोचना भएको थियो । लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले विधेयक फिर्ता गरेर समयानुकुल बनाइने बताउनुभयाे । 'विधेक फिर्ता लिएर सञ्चारमैत्री बनाउँछौँ,' उनले भने, 'विधेककै कारण पत्रकारलाई आन्दोलनमा उतार्ने काम हुँदैन ' मिडियाले स्वीकार्ने गरी विधेयक आउँछ ।'
प्रकाशित मिति: बिहीबार, भदौ १७, २०७८  ०७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update