Erani Mahal
पाल्पाकाे काेराेना संक्रमण दर घट्याे : सक्रिय संक्रमित ७२ मात्रै !
corona1
पाल्पा– पाल्पामा पछिल्लो एकहप्ता एता कोरोना संक्रमणको संख्या घट्दै गएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो समयमा कोरोना परीक्षणको आधारमा संक्रमण दर घट्दै गएको हो । पाल्पामा अहिले १ सय भन्दा कम कोरोनाका सक्रिय संक्रमित रहेका छन् । बुधवार पाल्पामा ६ जना कोरोनाका विरामी थपिदा ५२ जना कोरोना मुक्त भएका छन् । पाल्पामा आइसियूमा ३ जना, एचडियूमा १५ जना, ० जना भेन्टिलेटरमा, होम आइसोलेशनमा ४३ जना र ११ जना आइसोलेशन सेन्टरमा गरी ७२ जना सक्रिय कोरोना संक्रमित रहेको सूचना अधिकारी ओम प्रकाश पन्थीले बताउनुभयो । पाल्पामा कोरोना लागेर अहिलेसम्म २१८ जनाको निधन भएको छ भने ९ हजार ३ सय ८८ जनाले कोरोना जितेर घरफिर्ता भएका छन् ।
प्रकाशित मिति: बुधबार, भदौ १६, २०७८  १८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update