Erani Mahal
निस्दीको धोबलामा कृषि तथा पशु उद्यमशीलता आधारशिला तालिम
240002463_197365665693412_4862923131496745214_n
पाल्पा- निस्दी गाउँपालिका वडा नम्बर-६,अर्चले,धोबला,पाल्पामा कृषि तथा पशु उद्यमशीलता बिकास हेफर आधारशिला तालिम सन्चालन भएको छ । गणेशदेवी स्ववलम्वन महिला समूहका अध्यक्ष लोकमाया रानाको अध्यक्षतामा सन्चालन भएको तालिमको पहिलो दिनको उद्घाटन शत्रका प्रमुख अतिथि वडाध्यक्ष मेख बहादुर सुनारी रहनुभएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुनारीले महिलाहरुको क्षमता बिकासमा यस्ता तालिम आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा वडा सदस्य उजिरसिं राना,सामाजिक सहजकर्ता गणेश दर्लामी,लक्ष्मी राना लगायतकाले बोल्नुभएको थियो । भदौ १५ गते देखि १८ गते सम्म चलेको तालिम निस्दी गाउँपालिकाको आर्थिक सहयोग र जनबिकास तथा परिचालन केन्द्रको आयोजनामा सन्चालन भएको हो । जम्मा २५ जनाको सहभागिता रहेको तालिमको सहजीकरण सामाजिक सहजकर्ता गणेश दर्लामी र दिनेश सुनारीले गर्नुभएको हो ।
प्रकाशित मिति: मंगलबार, भदौ १५, २०७८  १७:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update