Erani Mahal
लायन्स र लियोले पहिरो पीडितलाई खाध्यन्न सहयोग
240985472_876667386611662_3932857323445943743_n
पाल्पा– लायन्स क्लव अफ पाल्पा र लियोक्लवको आयोजनामा सोमबार वर्षाको कारण क्षति भएको कैलाशनगर डुम्रे क्षेत्रमा राहत वितरण गरेको छ । कार्यक्रम पाल्पाको कैलाशनगर र डुम्रेमा सीता बस्नेतको अध्यक्षतामा समापन भएको हो । उक्त कार्यक्रम बाट १५ घर धुरी लाभान्वित भएका छ्न । उक्त कार्यक्रममा पाल्पा लायन्स क्लबका पुर्बअध्यक्ष हरु सदस्य हरु तथा लियो क्लबका सदस्यहरूको उपस्थिति रहेको थियो । क्लवले एक एक बोरा चामल, ५ केजी दाल, ५ केजी आलू, ३ केजी नून, २ केजी प्याज, ३ पोका स्वायाविन, २ केजी चिउरा, २ लिटर तेल र मसला हस्तान्तरण गरेको लियो क्लव २ का सचिव कमल ज्ञवालीले बताउनुभयो । उक्त कार्यकम अजय बहादुर श्रेष्ठको सन्चालन तथा लियो श्रीधर कुवँरले समापन गर्नुभएको थियो ।
प्रकाशित मिति: मंगलबार, भदौ १५, २०७८  ०९:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update