Erani Mahal
तीनदिनदेखि अबरुद्ध सिद्धार्थ राजमार्ग पूर्णरुपमा खुल्न केही समय लाग्ने !
IMG_20210830_092034
पाल्पा - अबरूद्ध सिद्धार्थ राजमार्ग खुलाउने प्रयास जारी भइरहेकाे छ । तानसेन नगरपालिका–८, डुम्रेमा आइतबार गएकाे ठूलो पहिरोका कारण तीनदिनदेखि सडक अबरूद्ध छ । आइतबार बिहानैदेखि अबरूद्ध सडक खुलाउने प्रयास भइरहेकाे र केही समयभित्र यातायात सुचारू हुने सडक डिभिजन कार्यालय पाल्पाले जनाएकाे छ । सडक अबरूद्ध हुँदा सयाैँ सवारीसाधन अलपत्र परेका छन् । यात्रु पनि गन्तव्यमा पुग्न सकेका छैनन् । साँझखेर सडकमा एकतर्फी रुपमा गाडी चलाउने प्रयास भएपनि दलदले हिलाे भएका कारण यातायात संचालन हुन सकेका छैनन् । अहिले साना सवारी चल्ने बाटाे खुलाइएपनि ठूला सवारीसाधन अझै निर्वाध रूपमा चल्न नसकेकाे सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी शिवु खत्रीले जानकारी दिनभयाे । पहिराेकै बीचबाट सवारीसाधन चल्ने बाटाे बनाउन थालेपनि पानी परेकाले हिलाेकाे दलदलमा सवारी फसेकाे उहाँकाे भनाइ छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले सिद्धार्थ राजमार्गको पहिरो हटाएर बाटाे सुचारू गर्ने प्रयास भइरहेकाे बताउनुभयाे । डुम्रेमा हिजो गएको पहिरोले देवबहादुर सारुको दुई तल्ले पक्की घर बगाएको छ भने केही पशु चौपाया पुरिएका छन् । त्वातीका अनुसार दलदले हटाउने काम सकिएसँगै बाटाे सूचारु हुनेछ । भिडियाे हेर्नुहाेस् : https://www.youtube.com/watch?v=_vncJjND6mk
प्रकाशित मिति: मंगलबार, भदौ १५, २०७८  ०९:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update