X
215
Shares

नेपालले अंग्रेजलाइ पराजय गरेकाे उल्लास : पाल्पामा भगवती जात्रा आज मनाइदै

रानीमहल संवाददाता || १५ भाद्र २०७८,मंगलवार ०९:२०

पाल्पा – नेपालले अंग्रेजलाइ पराजय गरेकाे उल्लास अर्थात् भगवती जात्रा (रथयात्रा) आज मनाइदै छ । पाल्पामा हरेक वर्ष कृष्णाजन्माष्टीकाे भाेलि पल्ट भगवतीकाे रथयात्रा गरिने परम्परा छ। याे वर्ष काेराेना महामारीका कारण भव्य रथयात्रा नहुने भएकाे छ ।

परम्परा धान्नका लागि मन्दिरभित्रै मात्र पूजा गरिने तयारी गरिएकाे छ भने भीडभाड हुने भएकाले सर्वसाधारणलाइ पूजा गर्न स्वीकृत छैन । भाेलिकाे भगवती रथयात्राका लागि तयारी गरिएकाे छ ।

२०१ वर्षअघिदेखि मनाइँदै आएको ऐतिहासिक भगवती जात्रा भगवतीकाे प्रतिमूर्ति घुमाएर रथयात्रा गरिने परम्परा छ । कोरोना भाइरसको महामारीका कारण
गत वर्षमा जस्तै यस वर्ष पनि ऐतिहासिक भगवती जात्रा नमूनाकाे रूपमा मात्र मनाउने निर्णय भएकाे मन्दिर व्यवस्थापन समितिका सचिव भीमसेन कार्कीले बताउनुभयाे ।

फाइल तस्विर ।

काेराेना महामारी नभएका बेला भगवतीकाे रथ तानसेन बजारका विभिन्न स्थानमा भव्य मानिसको सहभागितामा धुमधामसहित घुमाउने प्रचलन थियाे । वि.स. १८७१ देखि १८७२ सम्मको अङ्ग्रेजसँगको युद्वमा नेपाली सेनाले जीतगढी किल्ला विजय गरेको थियो । यही किल्ला जितेको सम्झनामा १८७७ देखि तानसेनमा भगवती जात्रा विजयउत्सवको रुपमा मनाइँदै आएको छ ।

यसैबीच भगवती जात्राकाे एतिहासिक र विशेष महत्व रहेकाे भन्दै लुम्वनी प्रदेश सरकारले पाल्पामा भाेलि मंगलबार एक दिन सार्वजनिक बिदा घाेषणा गरेकाे छ । लुम्विनी प्रदेश सरकारले प्रकाशित गरेकाे पर्व एवं विदा उल्लेख गरिएकाे राजपत्रमा भगवती जात्राका दिन पाल्पामा सार्वजनिक विदा दिने उल्लेख गरेकाे छ । रााजपत्रमा सम्बन्धि समुदायका लागि भगवती जात्राका दिन पाल्पा जिल्लाभर बिदा दिने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys