Erani Mahal
रामपुरकाे रामतुलसी नमुना बिद्यालयमा बस सेवा शुरु
235295476_1047065229030945_5443372357237493132_n
पाल्पा- पाल्पा जिल्लाको नमुना बिद्यालय रामतुलसी माध्यमिक बिद्यालयले स्कुल बस सेवा सञ्चालनमा ल्याएको छ । पुर्वी पाल्पाको हाइस्कुलका रुपमा रहेको रामपुरको रामतुलसी बिद्यालयले आफ्नै लगानीमा सोमबार देखि बस सेवा शुरु गरेको हो । बस सेवा शुरु गर्दै प्रदेश सभा सदस्य युवराज खनालले भौतिकमा नमुना बनेका बिद्यालय अब गुणस्तरमा पनि नमुना बन्नुपर्ने बताउनुभयाे । सबै पक्षको सहयोगले पाटी र चौरमा चलेका बिद्यालयले धेरै प्रगति गरेको भन्दै उहाँले प्रदेश सरकार र आफुले नमुना बिद्यालयको विकासका लागि प्रतिबद्ध रहेको बताउनुभयाे । बि.स.२०२७ सालको पहिलो एस.एल.सी. व्याच पास विद्यार्थी समेत रहेका पुर्व विद्यार्थी तथा प्रदेश सांसद खनालले प्राविधिक शिक्षालाई जोड दिएकोले यसको प्राविधिक तथा यन्त्र उपकरणको लागि आफुले पहल गर्ने बताउनुभयाे । अधिकाशं समय जिल्ला सदरमुकाम तथा प्रदेश राजधानी पुग्न रामपुर-आर्यभञ्याङ मोटरबाटोको दुर्दशामा खर्चेका खनालले यसको लागि लिखित निवेदन समेत दिएर पहल गरिरहेको बताउनुभयाे । रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाले नमुना बिद्यालयको पहल कदमीको प्रशंसा गर्दै शिक्षा क्षेत्रमा बिद्यालयहरुले शैक्षिक वातावरण निर्माण गरि विद्यार्थीको जिवन उज्वल बनाउन लाग्नुपर्ने बताउनुभयाे । उहाँले विद्यालयको हितका लागि नगरपालिकाले सहयोग गरिरहेको बताउनुभयाे । धेरै विद्यालय हुँदा ठुलो अनुदान विद्यालयलाई दिन नसकेपनि हरेक कोणबाट शिक्षा क्षेत्र नगरको प्राथमिकतामा परेको उनको भनाई थियो । मन्टेश्वरी कक्षा शुरु गरेको विद्यालयमा स्कुल बस शुभारम्भ हुनु सुखद भन्दै उहाँले धेरै विद्यार्थी भएको विद्यालयमा कसैबाट विभेदको गुनासो नआउने गरि बस सेवा सञ्चालन गर्न आग्रह गर्नुभयाे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद पौडेलले समयको माग र सहजताका लागि बस ल्याएको बताउनुभयाे । विद्यालयसम्म बस ल्याउन सहज छैन उनले भने-प्रशासनले निकै समस्या भोगेको छ, तर एउटाबाट भएपनि शुरुवात गर्नैपर्छ भन्ने मनसायले विद्यालयले बस किनेको बताउनुभयाे । २ हजार भन्दा बढि विद्यार्थी रहेको यस विद्यालयमा एउटा बस ‘‘हात्तीको मुखमा जिरा’’ भनिएला तथापि यसको शुरुवात भएको र सानो कक्षाको सिफ्टमा कक्षा चलाएर भएपनि सहज बनाइने उनको भनाई थियो । आगामी दिनमा थप एउटा बस र भ्यान थप्ने योजना सहित विद्यालय लागेको बताउदै उनले भौतिक श्रोत साधन थप गर्न राजनैतिक तथा सामाजिक व्यक्तित्वहरुको सहयोगको अपेक्षा व्यक्त गर्नुभयाे । विद्यालयका प्रध्यानाध्यापक बालकृष्ण लम्सालले ४ लाख ८३ हजार लागतमा विद्यालयलले आफ्नै कोषबाट बस किनेको बताउदै कर, दर्ता प्रक्रिया र डेकोरेशन सहित अन्य खर्च गरि कुल १९ लाख ६० हजारको लागतमा बस विद्यालयमा आइपुगेको जानकारी दिनुभयाे । उहाँले विद्यालयको विकासका लागि सबैको जेठो विद्यालय रामतुलसी माबिको लागि आफ्नो क्षेत्रबाट पहल गर्न अनुरोध गर्दै प्रदेश सरकारले महशुस गर्न सकिने गरि स्कुलको विकासको लागि काम अगाडी बढाउन पहल गर्न आग्रह गर्नुभयाे । कार्यक्रममा विद्यालयका हाल र पुर्व सञ्चालन समिति पदाधिकारी, पुर्व विद्यार्थी, जनप्रतिनिधि, राजनितिक दल, पत्रकार, संघसंस्थाका प्रतिनिधि, शिक्षक कर्मचारी, समाजसेवीको सहभागिता रहेको थियो । विद्यालय सञ्चालन समितिका अध्यक्ष विष्णु प्रसाद पौडेलको अध्यक्षता, सदस्य दुर्गादेवी रानाको स्वागत र शिक्षक लेखनाथ शर्मा मरासिनीको सञ्चालनमा कार्यक्रम चलेको हो । रामतुलसी मा.वि.मा करिब २ हजार १ सय विद्यार्थी अध्ययनरत छन् । अग्रेजी र नेपाली माध्यममा पढाई हुदै आएको यस बिद्यालयमा शिक्षा तथा मानविकी, बिज्ञान, व्यवस्थापन संकाय तथा कृषिबाली विज्ञानमा अध्यापन हुदै आएको छ ।
प्रकाशित मिति: सोमबार, भदौ १४, २०७८  २०:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update