Erani Mahal
भाेलि भगवती जात्रा : परम्परागत कार्य मात्र गरिने
nnnn-1-1536x1167
पाल्पा - भालि अर्थात् भगवती जात्रा (रथयात्रा) । पाल्पामा हरेक वर्ष कृष्णाजन्माष्टीकाे भाेलि पल्ट भगवतीकाे रथयात्रा गरिने परम्परा छ। याे वर्ष काेराेना महामारीका कारण भव्य रथयात्रा नहुने भएकाे छ । परम्परा धान्नका लागि मन्दिरभित्रै मात्र पूजा गरिने तयारी गरिएकाे छ भने भीडभाड हुने भएकाले सर्वसाधारणलाइ पूजा गर्न स्वीकृत छैन । भाेलिकाे भगवती रथयात्राका लागि तयारी गरिएकाे छ । २०१ वर्षअघिदेखि मनाइँदै आएको ऐतिहासिक भगवती जात्रा भगवतीकाे प्रतिमूर्ति घुमाएर रथयात्रा गरिने परम्परा छ । कोरोना भाइरसको महामारीका कारण गत वर्षमा जस्तै यस वर्ष पनि ऐतिहासिक भगवती जात्रा नमूनाकाे रूपमा मात्र मनाउने निर्णय भएकाे मन्दिर व्यवस्थापन समितिका सचिव भीमसेन कार्कीले बताउनुभयाे । [caption id="attachment_4335" align="alignnone" width="768"] फाइल तस्विर ।[/caption] काेराेना महामारी नभएका बेला भगवतीकाे रथ तानसेन बजारका विभिन्न स्थानमा भव्य मानिसको सहभागितामा धुमधामसहित घुमाउने प्रचलन थियाे । वि.स. १८७१ देखि १८७२ सम्मको अङ्ग्रेजसँगको युद्वमा नेपाली सेनाले जीतगढी किल्ला विजय गरेको थियो । यही किल्ला जितेको सम्झनामा १८७७ देखि तानसेनमा भगवती जात्रा विजयउत्सवको रुपमा मनाइँदै आएको छ । यसैबीच भगवती जात्राकाे एतिहासिक र विशेष महत्व रहेकाे भन्दै लुम्वनी प्रदेश सरकारले पाल्पामा भाेलि मंगलबार एक दिन सार्वजनिक बिदा घाेषणा गरेकाे छ । लुम्विनी प्रदेश सरकारले प्रकाशित गरेकाे पर्व एवं विदा उल्लेख गरिएकाे राजपत्रमा भगवती जात्राका दिन पाल्पामा सार्वजनिक विदा दिने उल्लेख गरेकाे छ । रााजपत्रमा सम्बन्धि समुदायका लागि भगवती जात्राका दिन पाल्पा जिल्लाभर बिदा दिने उल्लेख छ ।
प्रकाशित मिति: सोमबार, भदौ १४, २०७८  २०:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update