Erani Mahal
पाल्पामा कोरोना संक्रमण दर ओरालो लाग्दै : १४० सक्रिय संक्रमित !
corona jite
पाल्पा– पाल्पामा पछिल्लो एकहप्ता एता कोरोना संक्रमणको संख्या घट्दै गएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो समयमा कोरोना परीक्षणको आधारमा संक्रमण दर घट्दै गएको हो । पाल्पामा अहिले १ सय ५० भन्दा कम कोरोनाका सक्रिय संक्रमित रहेका छन् । सोमवार पाल्पामा ११ जना कोरोनाका विरामी थपिदा ३७ जना कोरोना मुक्त भएका छन् । पाल्पामा आइसियूमा ३ जना, एचडियूमा १६ जना, १ जना भेन्टिलेटरमा, होम आइसोलेशनमा १ सय ११ जना र ११ जना आइसोलेशन सेन्टरमा गरी १ सय ४० जना सक्रिय कोरोना संक्रमित रहेको सूचना अधिकारी ओम प्रकाश पन्थीले बताउनुभयो । पाल्पामा कोरोना लागेर अहिलेसम्म २१८ जनाको निधन भएको छ भने ९ हजार ३ सय ७ जनाले कोरोना जितेर घरफिर्ता भएका छन् ।
प्रकाशित मिति: सोमबार, भदौ १४, २०७८  १३:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update