Erani Mahal
पाल्पाकाे माडीफाँट लगातारको वर्षातसँगै जलमग्न !
240943235_1500113423664024_8095004612640690295_n
पाल्पा– चारदिनदेखिको लगातार परेको वर्षातका कारण पाल्पा लगायत आसपासको जनजीवन प्रभावित बनेको छ । पाल्पाको मुख्य अन्नभण्डारको रुपमा रहेको माडीफाँट डुबानमा परेको छ । यस्तै सिद्धार्थ राजमार्गको विभिन्न स्थानमा पहिरो गएको छ । ग्रामिण सडकहरु पूर्ण रुपमा अबरुद्ध भएको छ । वर्षातले झडेवा फाँट समेत डुवानमा परेको छ । यस्तै बाँसटारी, प्रभास, दमकडा, सराई, रुप्से, पोखराथोक, चिदीपानी क्षेत्रमा पर्ने माडी फाँट जलमग्न भएको छ । त्यसको एकिन तथ्यांक आइ सकेको छैन । स्थानीयका अनुसार माडीफाँट जलमग्न हुँदा यसक्षेत्रमा हजाराै हेक्टरमा लगाइएकाे धानखेतीमा असर पुर्याएकाे छ । बाढीसँगै अाएकाे लेदाेकाे कारण धान डुवानमा परेकाे स्थानीयले जनाएका छन् ।
प्रकाशित मिति: सोमबार, भदौ १४, २०७८  १३:११
प्रतिक्रिया दिनुहोस्
Weather Update