Erani Mahal
लगातारको वर्षातले पाल्पा सहित आसपासको जनजीवन प्रभावित !
240871197_4387489331344144_6030739015250628774_n
पाल्पा– चारदिनदेखिको लगातार परेको वर्षातका कारण पाल्पा लगायत आसपासको जनजीवन प्रभावित बनेको छ । पाल्पाको मुख्य अन्नभण्डारको रुपमा रहेको माडीफाँट डुबानमा परेको छ । यस्तै सिद्धार्थ राजमार्गको विभिन्न स्थानमा पहिरो गएको छ । ग्रामीण सडकहरु पूर्ण रुपमा अबरुद्ध भएको छ । वर्षातले झडेवा फाँट समेत डुवानमा परेको छ । यस्तै बाँसटारी, प्रभास, दमकडा, सराई, रुप्से, पोखराथोक, चिदीपानी क्षेत्रमा पर्ने माडी फाँट जलमग्न भएको छ । पाल्पाको ऐतिहासिक पर्यटकीय क्षेत्र ऋषिकेश मन्दिर र रिडीबजार समेत डुवानको जोखिममा परको छ । यस्तै रुपन्देहीको बुटवल, तिलोत्तमा, भलवारी, भैरहवा क्षेत्र, नवलपरासी, कपिलवस्तु लगायतका तराईका जिल्लाहरु समेत बाढीले प्रभावित भएका छन् । यसविचमा करोडौंका भौतिक संरचनामा क्षेति भएको छ भने दर्जानौंको संख्यामा हताहती र घरबारविहिन भएका छन् । त्यसको एकिन तथ्यांक आइ सकेको छैन ।
प्रकाशित मिति: सोमबार, भदौ १४, २०७८  १३:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update