Erani Mahal
सिद्धार्थ राजमार्गकाे पाल्पा-बुटवल खण्ड २४ घण्टादेखि अबरूद्ध, खुलाउने प्रयास जारी
pahiroo dumre
पाल्पा – तानसेन–८, डुम्रेमा गएको पहिरो हटाउन समय लाग्दा सिद्धार्थ राजमार्ग २४ घण्टादेखि अबरुद्ध बनेको छ । सिद्धार्थ राजमार्गमाथिबाट आइतबार बिहान खसेको पहिरो हटाउन नसक्दा २४ घण्टा बढी समयदेखि राजमार्ग अबरुद्ध बनेको हो । सिद्धार्थ राजमार्गको ठाउँ–ठाउँमा गएको पहिरो हटाएपनि डुमे्रमा गएको पहिरो ठूलो भएका कारण हटाउन समय लागेको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ । कार्यालयका सूचना अधिकारी शिवु खत्रीका अनुसार सडक खुलाउने प्रयास भईरहेको छ । उहाँका अनुसार सोमबार (आज) दिउँशोसम्ममा सडक खुल्ने सम्भावना छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले सिद्धार्थ राजमार्गको अन्य स्थानको पहिरो हटाइसकिएको र डुम्रेको पहिरो हटाउन काम भईरहेको बताउनुभयो । हिजो राति १० बजेसम्म पहिरो हटाउने काम भएको थियो पानी परेपछि छाडेको र आज बिहानैदेखि पहिरो हटाउने काम सुरु भएको उहाँले बताउनुभयो । सडक अबरुद्ध हुँदा हजारौँ यात्रु तथा अन्य सवारीसाधन गन्तव्यमा पुग्न सकेका छैनन् ।
प्रकाशित मिति: सोमबार, भदौ १४, २०७८  ०८:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update