Erani Mahal
पाल्पा र स्याङ्जाकाे सीमा नजिकै पहिराे : हाेटल पुरियाे, एक जनाकाे मृत्यु
238337885_574811843932464_679458542932904353_n
पाल्पा - स्याङ्जाको गल्याङ नगरपालिका–१ राम्दीमा पहिरोले घर पुरिएको छ। आइतबार करिब साढे चार बजे पहिरो खसेको हो । उक्त घरमा होटल संचालन हुँदै आएको थियो। पाल्पा र स्याङ्जाको सङ्गमस्थल राम्दी पुल नजिकैको बजारमा पहिरो खसेको हो । पहिराले सिद्धार्थ राजमार्ग अबरूद्ध भएकाे प्रहरीले जनाएकाे छ । सिद्धार्थ राजमार्ग छेउमा रहेका होटल पुरिएका हुन् । पुरिएको अवस्थामा रहेका ४ जनाको उद्धार गरिएको घटनास्थल पुगेका गल्याङ प्रहरी चौकीका हवल्दार मदन तिमिल्सिनाले जानकारी दिनुभयाे । उद्धार गरिएका मध्ये एक जनाको मृत्यु भएको प्रहरीले जनाएकाे छ । मृत्यु हुनेमा वालिङ् नगरपालिका १४ की ४० वर्षीय धनमाया उम्रको निधन भएको जिल्ला प्रहरी कार्यालय, स्याङ्जाले जनाएको छ । पहिरोले गुल्मी छत्रकोट ५ घर भई राम्दी बस्ने घरधनी ३७ वर्षीय लक्ष्मी बस्नेत, रुपन्देही शैसामैनाका वर्ष १६ का शिशिर योगी र भिरकोट नगरपालिका ५ का ३६ वर्षीय नारायण तिवारी घाइते भएको प्रहरी नायब उपरीक्षक राजेन्द्र अधिकारीले बताउनुभयो । पहिरोले घर पुरिएर गम्भीर घाइते भएका तीनै जनाको उपचारको लागि लुम्बिनी शिक्षण अस्पताल पाल्पा लगिएको अधिकारीले बताउनुभयो । पहिरोले दुई घर पुरे पनि दिपेन्द्र खत्रीको घर भने खाली रहेको अधिकारीले बताउनुभयो ।
प्रकाशित मिति: आइतबार, भदौ १३, २०७८  १८:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update