Erani Mahal
अबिरल बर्षाको कारण पाल्पाका विभिन्न स्थानहरुमा बाढी र पहिरो : तस्विर सहित !
d
पाल्पा- एकहप्ता यता परेको अबिरल बर्षाको कारण पाल्पाका विभिन्न स्थानहरुमा पहिरो गई बाटो अबरुद्द भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार पहिरोले सिद्धर्थ राजमार्ग अवरुद् भएको छ । पछिल्लो वर्षात कहाँ कहाँ पहिरो गयो हेर्नुहोस सूचि निम्न :- १.जिल्ला पाल्पा तिनाउ गा.पा.३ सिद्दबाबा, तिनाउ गा.पा. ३ सिसुवा ,तिनाउ गा.पा. ५ हिँउदेखोला, तिनाउ गा.पा. ५ केराबारी, तिनाउ गा.पा. ५ जरेपिपलस्थित सिद्दार्थ राजमार्ग २.जिल्ला पाल्पा तानसेन न.पा. ७ बर्तुङ चोक नजिक स्थित सिद्दार्थ राजमार्ग ३.जिल्ला पाल्पा बगनासकाली गा.पा. ३ धैरेनी स्थति सिद्दार्थ राजमार्ग ४.जिल्ला पाल्पा बगनासकाली गा.पा. ४ सेरा स्थित सिद्दार्थ राजमार्ग ५.जिल्ला पाल्पा तानसेन न.पा. ११ सम्मोबारी स्थित तानसेन-रिडी सडक खण्ड ६.जिल्ला पाल्पा रम्भा गा.पा. ३ सितापहाड स्थित सिद्दार्थ राजमार्ग थप जानकारी १.जिल्ला पाल्पा तानसेन न.पा. ७ बर्तुङ स्थित ६:५५ बजेको समयमा पहिरो हटाई बाटो सुचारू भएको । २.जिल्ला पाल्पा तानसेन न.पा. ११ सम्मोबारी स्थित ८:३० बजेको समयमा पहिरो हटाई बाटो सुचारु भएको । ३.जिल्ला पाल्पा बगनासकाली गा.पा. ३ धैरेनी स्थित ८:२० बजेको समयमा पहिरो हटाई बाटो सुचारू भएको । तस्विर र सूचना जिल्ला प्रहरी कार्यालयकाे सहयाेगमा ।
प्रकाशित मिति: आइतबार, भदौ १३, २०७८  १२:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update