Erani Mahal
वर्षातले घर भत्किदा पाल्पा तानसेनमा एक जनाको मृत्यू !
d
पाल्पा– लगातार पारेको वर्षातसँगै पाल्पा जिल्ला सदरमुकाम तानसेनमा घर भत्किएर च्याप्दा एक जनाको निधन भएको छ । तानसेन नगरपालिका ५ कैलाशनगर बस्ने नारायण दर्जीको छोरी १० वर्षकी नैना दर्जीको आफ्नै घरमा सुतिरहेको बेलामा घर भत्किएर च्यापेको प्रहरीले जनाएको छ । ढुंगामाटोले बनेको कच्ची घर अचानक भत्किएर च्याप्दा उपचारको लागि मिसन अस्पताल लगिएको थियो । अस्पतालले विहान ३ः४० बजे मृत घोषणा गरेको र घटनाका विषयमा थप अनुसन्धान जारी रहेको प्रहरी नायव उपरिक्षक रामेश्वर त्वातीले बताउनुभयो ।
प्रकाशित मिति: आइतबार, भदौ १३, २०७८  १२:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update