Erani Mahal
अविरल वर्षातसँगै सिद्धार्थ राजमार्गको ठाउँठाउँमा पहिरो : पाल्पा बुटवल सडक अबरुद्ध
d
पाल्पा– एक हप्तोखि परिरहेको लगातारको वर्षातसँगै सिद्धार्थ राजमार्गको पाल्पा बुटवल सडक खण्डका विभिन्न स्थानमा पहिरो गएको छ । पहिरो गएसँगै सिद्धार्थ राजमार्ग आइतवार विहान देखि नै अवरुद्ध भएको छ । सिद्धबावा क्षेत्र, पानीमिल, गिट्टीखानी, कालीमाटी, डुम्रे, गौंडे लगायतका दर्जन बढी स्थानमा पहिरो गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार लगातार पानी परिरहेकाले बाटो खुलाउनको लागि निकायहरुसँग समन्वय भएपनि खुलाउन नसकिएको जनाएको छ । प्रवक्ता रामेश्वर त्वातीका अनुसार वर्षात भईरहेकोले यात्रा गर्दा सकेसम्म बुझेर अत्यावश्यक बाहेक यात्रा नर्गन सर्बसाधारणलाई समेत अनुरोध गर्नुभयो ।
प्रकाशित मिति: आइतबार, भदौ १३, २०७८  १२:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update