Erani Mahal
पाल्पामा ५३ हजारले लगाए कोरोनाको खोप (कहाँ कति सूचि सहित) !
khop1
पाल्पा– पाल्पामा ३७ प्रतिशतले कोरोना विरूद्धको खोप लगाएका छन् । जिल्लामा कोरोना खोप लगाउने उमेर समूह १८ वर्षदेखि माथिका लक्षित १ लाख ४३ हजार ६ सय १० मा ३७.५५ प्रतिशत ४४ हजार १ सय २२ ले कोरोना विरूद्धको पहिलो डोज खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । यस्तै दुवै डोज खोपलगाउनेको संख्या ३०.७२ प्रतिशत रहेको छ । यो संख्या कुल संख्याको ५३ हजार ९ सय २६ रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओम प्रकाश पन्थीले बताउनुभयो । यस्तै दुवै डोज खोप लगाउनेको संख्या ४४ हजार १ सय २२ रहेको छ । पाल्पामा सबैभन्दा बढी तानु्नमा १३ हजार ४ सय ९८, रामपुरमा ६ हजार ६ सय २६, तिनाउमा २ हजार ६ सय ४९, रिब्दीकोटमा ३ हजा ६ सय ६६, रम्भामा ३५६३, निस्दीमा २ हजार ६ सय ८२, माथागढीमा ३४ सय ९ जनाले कोरोना विरूद्धको पहिलो डोज खोप लगाएका छन् । यस्तै रैनादेवी छहरामा ४ हजार ३ सय ५८, बगनासकालीमा ४ हजार २ सय ८०, पूर्वखोलामा २ हजार ९ सय ४५ र अस्पताल मार्फत ६ हजार २ सय ५० जनालाई कोरोना विरूद्धको पहिलो डोज खोप उपलव्ध गराइएको छ । पाल्पामा कोभिसिल्डको १५ हजार ५ सय ९७, भेरोसिल्ड २६ हजार ८ सय ६१, जोन्सन ११ हजार १ सय ६८ जनाले पहिलो डोज लगाएका छन् । यस्तै कोभिसिल्ड १४ हजार १ सय १ जना र भेरोसेल १८ हजार ८ सय ८३ जनाले दोस्रो डोज लगाएका छन् । अन्यलाई पनि प्राथामिकताको आधारमा क्रमशः खोप वितरण गरिदै लैजाने योजना रहेको स्वास्थ्य कार्यालयका प्रमुख नारायण प्रसाद चौधरीले बताउनुभयो । उहाँले अब विश्व विद्यालय र उच्चमाविका विद्यार्थीलाई खोप लगाउने कार्यक्रम रहेको छ ।
प्रकाशित मिति: शनिबार, भदौ १२, २०७८  १०:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update