Erani Mahal
पाल्पाकाे निस्दीमा भीरबाट लडेर एक बृद्धकाे मृत्यु
dead_Body
पाल्पा - निस्दी गाउँपालिका-४, मित्यालमा एक वृद्धको भिरबाट लडेर मृत्यु भएको छ । बिहीबार प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बाटो मर्मत गरेर घर फर्किने क्रममा चिउरीबास स्थायी निबासी ५८ वर्षीय खर्ग सिं विकको भिरबाट लडेर मृत्यु भएको हो। बिहीबार राती अबेरसम्म पनि घर नफर्केपछी आफन्तकोमा बसेको अनुमान गर्दै भोलि विहान आउनुहुन्छ भनेर घरपरिवारका सदस्य सुतेको तर शुक्रबार बिहान पनि घरमा नआएपछि परिवारले छरछिमेकीलाई खबर गरि खोज्ने क्रममा भिरमा आडेर मृतक अवस्थामा भेटेको स्थानीय पूर्ण सिंह विकले बताउनुभयो । [caption id="attachment_14862" align="alignnone" width="768"] -सांकेतिक तस्वीर[/caption] विकको शुक्रबार दिउँसो करिब १२ बजेतिर मात्रै प्रहरी र स्थानीय मिलेर उद्दर गरि पोस्टमार्तमको लागि रामपुरमा पठाएको रुक्सेभन्ज्याङ प्रहरी चौकी मित्यालका प्रमुख डेढ बहादुर थापाले बताउनुभयो । विकको लास बाटोभन्दा करिब ३ सय मिटर तल अल्झेरे रहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: शुक्रबार, भदौ ११, २०७८  १९:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update