Erani Mahal
पाल्पामा कोरोना संक्रमित दर १४ प्रतिशतमा झर्यो
corona_vaccine
पाल्पा– पाल्पामा पछिल्लो २४ घण्टामा २६ जना कोरोना संक्रमित भएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओम प्रकास पन्थीका अनुसार १ सय ८२ जनाको एन्टिजेन र पिसिआर विधिबाट परीक्षण गर्दा २६ जनामा पोजेटिभ देखिएको छ । पाल्पामा पछिल्लो समय कोरोना संक्रमितको दर घट्दै गइरहेको छ । शुक्रवार १४ प्रतिशतमा कोरोना देखिएको छ । पाल्पामा अहिलेसम्म २ सय १७ जनाको कारोनाको कारण निधन भएको छ भने ९ हजार १ सय ८९ जना निको भएका छन् । कुल कोरोना संक्रमितको संख्या ९ हजार ६ सय ३६ पुगेको छ । २ सय ३० जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशन सेन्टरमा उपचार गरिरहेका छन् ।
प्रकाशित मिति: शुक्रबार, भदौ ११, २०७८  १७:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update