Erani Mahal
रोटरी क्लव अफ् पाल्पा तानसेनद्वारा एम्बुलेन्स खरिद गर्न १४ लाख ८९ हजार प्रदान
240809086_4210239032376205_4867175508719872507_n
पाल्पा – रोटरी क्लब अफ पाल्पा तानसेनले परिवार नियोजन संघलाई एम्बुलेन्स खरिदको लागि चेक हस्तान्तरण गरेको छ । स्वार्थ भन्दा माथि सेवा भन्ने नारा साथ २००१ सालमा स्थापना भएको क्लवले १४ लाख ८९ हजार ९ सय २० रूपैयाँ संघका प्रबन्धक शोवाकान्त न्यौपाने र उपाध्यक्ष ज्योतीराज भण्डारीलाई हस्तान्तरण गरेको हो । कार्यक्रममा प्रमुख अतिथि रो.इन्टरनेशल डिस्टिक ३२९२ का डिजि राजेन्द्र प्रसाद ध्वजुले सामाजिक कार्य गर्न स्थापित भएको सस्थाले एम्बुलेन्स खरिद गर्नको लागि रकम हस्तान्तरण गरेकोमा धन्यवाद दिनुभयो ।विपन्न तथा विरामीलाई समयमै स्वास्थ्य उपचार पाउनको लागि एम्बुलेन्स खरिदले सहयोग पुग्ने उहाँले बताउनुभयो । कार्यक्रममा निमित्त प्रमुख अधिकारी शशिधर घिमिरेले क्लबले सेवा भावनाले एम्बुलेन्स खरिदमा सहयोग गरेकोमा आगामि दिनमा समेत यस्तै रचनात्मक काम गर्न शुभकामना दिनुभयो । क्लवले जिल्लाका विभिन्न अस्पताललाई कोभिड संक्रमणमा सहयोग गर्न अक्सिजन सिलिण्डर सहितका स्वास्थ्य सामग्री वितरण, विभिन्न शैक्षिक, सामाजिक काममा काम गर्दै आएको क्लवका अध्यक्ष शैलेन्द्र भट्टराईले बताउनुभयो । उहाँले समाजमा आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुको जीवनस्तरमा परिवर्तन ल्याउने खालका कार्यक्रम गर्दै आएको बताउनुभयो । क्लवले पाल्पामा गोपाल्दीमा खानेपानी लिफ्टिङ्ग योजना, मिसन अस्पतालमा आकाशे खानेपानी टंकी निर्माण, मिसन अस्पतालमा बेडहरूमा अक्सिजन सिलिन्डर जडान, ह्प्यापी स्कुल, भिडियो एक्सरे, चर्पी सुधार कार्यक्रम, इ(लाइबेरी, मिसन अस्पतालमा फोहोर पानी व्यवस्थापन, पूर्वी पाल्पामा सिचाइको लागि कुलो निर्माण लगाएतका प्रोजेक्टहरु गरेको उहाँले जानकारी दिनुभयो । क्लबले पाल्पा तानसेन पहिलो पटक एम्बुलेन्स खरिद गर्न लागेको बताउदै आगामी दिनमा समाजका नागरिकहरूले अझ प्रत्यक्ष रूपमा लाभ प्राप्त गर्ने गरि क्लकका गतिविधिलाई चलाएमान बनाउने बताउनुभयो । कार्यक्रममा चेक ग्रहण गर्दै नेपाल परिवार नियोजन संघ पाल्पा शाखाका उपाध्यक्ष ज्योतीराज भण्डारीले क्लबले सामाजिक सेवा गर्ने हेतुका साथ एम्बुलेन्स प्रदान गरेको धन्यवाद दिदै एम्बुलेन्स खरिद गरि सञ्चालन ल्याई समाजमा कम अवसर पाएका व्यक्तिहरूको सेवामा सस्थाले निस्वार्थ रूपमा सेवा लाग्ने बताउनुभयो । कार्यक्रममा क्लबका पूर्व अध्यक्ष, डिस्टिकका पदाधिकारीहरू, क्लबका सदस्यहरू, पत्रकार लगाएतको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: शुक्रबार, भदौ ११, २०७८  १५:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update