Erani Mahal
पाल्पामा जारी निषेधाज्ञा भदाैँ २५ गतेसम्म यथावत
Dao Palpa
पाल्पा– पाल्पामा जारी निषेधाज्ञालाई भदाैँ २५ गतेसम्मका लागि थप गरिएको छ । गत बैशाख १७ गतेदेखि जारी निषेधाज्ञालाई हाल कायम रहेकाे अवस्थाकै जस्ताे गरी भदाैँ २५ गतेसम्म यथावत राख्ने निर्णय भएकाे हाे । एक महिनादेखि खुकुलो बनाइएको निषेधाज्ञामा भीडभाड गर्न, शैक्षिक संस्था संचालन गर्न, सभा सम्मेलन गर्न, तालिम सेमिनार गर्न, धार्मिक कार्यक्रम गर्न बन्देज गरिएको छ । जिल्ला स्तरीय कोभिड व्यवस्थापन समितिको शुक्रबार बसेकाे बैठकको निर्णयका आधारमा पछिल्लो समयमा जारी निषेधाज्ञालाई भदाैँ २५ गतेसम्मका लागि बढाइएको पाल्पाका निमित्त प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले बताउनुभयो । उहाँका अनुसार कार्यालय, बैंक तथा वित्तिय संस्था कार्यालय समयमा संचालन हुनेछन्, पसल व्यवसायहरु विहान ७ देखि साँझ ५ बजेसम्म मात्र संचालन गरिने छ । जिल्लामा कोरोनाको दर नघटेका कारण पुनः भीडभाड हुने क्षेत्रको गतिविधि निषेध गरिएको उहाँले बताउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, भदौ ११, २०७८  १२:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update