Erani Mahal
पहिरोले गुल्मीको रिडी-रुद्रावेनी सडक अवरुद्ध
Gulmi-sadak-ridi
गुल्मी-अविरल वर्षासँगै आएको पहिरोले गुल्मीको रिडी-रुद्रावेनी सडक अवरुद्ध भएको छ । सडक खण्डको रुरुक्षेत्र गाउँपालिका वडानम्बर-२ साघुरेमा सडक माथिबाट ढुङ्गा र माटो खसेकाले अवरुद्ध बनेको अस्थायी ट्राफिक प्रहरी पोष्ट रिडीका हवल्दार जगत खनालले बताउनुभयाे । पानी निरन्तर रुपमा परिरहेको पहिरो खस्ने क्रमम रहिरहेकाले सडक खुलाउन समस्या भएको खनालको भनाइ छ । पहिरो खसिरहेको स्थानमा बुटवलदेखि रुऽवेणितर्फ जाँदै गरेको ध१च १४६ नम्बरको गाडी अड्किएको छ । गाडीलाई स्काभेटर प्रयोग गरेर सुरक्षित स्थानमा निकालिएकोे प्रहरी हवल्दार खनालले बताए । सडक अवरुद्ध भएपछि दुबै तर्फका सवारी साधान तथा यात्रुहरु बीच बाटोमै अलपत्र छन् । जिल्लाको रिडी-रुद्रावेनी सडक व्यस्त सडक मानिन्छ । सोही सडक भएर गुल्मी जिल्ला र छिमेकी जिल्ला बाग्लुङसम्म जाने सवारी साधनहरु जाने गर्दछन् । अविरल वर्षासँगै जिल्लाका अधिकांश ग्रामीण भेगका कच्ची सडकहरु बिग्रेका छन् ।
प्रकाशित मिति: शुक्रबार, भदौ ११, २०७८  १०:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update