Erani Mahal
आर्यभञ्ज्याङ्ग–राम्दी सडक खण्डको सितापहाडमा पहिरो जाँदा सिद्धार्थ राजमार्ग अवरुद्ध
pahiroo
पाल्पा– तीनदिनदेखि परेको अविरल वर्षातका कारण सिद्धार्थ राजमार्ग अन्र्तगत पाल्पा राम्दी सडक खण्डको सितापहाडमा पहिरो गएको छ । रम्भा गाउँपालिका ३ सितापहाडमा माथीबाट पहिरो झरेर सडक अबरुद्ध हुँदा पाल्पा राम्दी सडक खण्ड सिद्धार्थ राजमार्ग बन्द भएको प्रहरीले जनाएको छ । यस्तै राम्दी नजिकै जलविरेमा पनि सडक अबरुद्ध भएको प्रहरी चौकी राम्दीले जनाएको छ । सडकमा हिलो सहितको पहिरो झरेका कारण सिद्धार्थ राजमार्ग पूर्ण रुपमा अबरुद्ध भएको हो । पहिरो हटाउनको लागि निकायहरुसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ ११, २०७८  ०९:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update