Erani Mahal
माथागढी गाउँपालिकामा स्वास्थ्य शाखाकाे समिक्षा
mathagadi_helth
पाल्पा- जिल्लाको माथागढी गाउँपालिकामा स्वास्थ्य शाखा र अन्तर्गतका कार्यालयहरुकाे बार्षिक समिक्षा गरिएको छ । गाउँपालिका मातहत रहेका स्वास्थ्य संस्थाहरुले आर्थिक वर्ष २०७७/०७८ मा गरेका कार्यक्रम तथा गतिविधिका बारेमा समिक्षा गरेका हुन् । कार्यक्रममा गाउँपालिका अध्यक्ष सन्तोष कुमार थापाले स्वास्थ्य क्षेत्रमा गाउँपालिकाले उल्लेखीय रुपमा काम गरेको बताएका छन् । उनले कोरोना माहारीका बेला गाउँपालिकाका स्वास्थ्य संस्थाहरुले सक्रियताका साथ काम गरेको बताउनुभयाे । उहाँले थापाले कोरोनाको जोखिम रहेका बेला स्वास्थ्यकर्मीहरुले नागरिकको स्वास्थ्य उपचारमा देखाएको सक्रियताको प्रशंसा गर्नुभयाे । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले स्वास्थ्य क्षेत्रमा भए गरेका गतिविधि नमुना योग्य रहेको बताए । उनले कोरोनाको उच्च जोखिममा समेत स्वास्थ्य मापदण्ड अपनाई उपचारमा स्वास्थ्यकर्मी खटेको र स्वास्थ्य शाखा जस्ता अन्य शाखाहरुलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयाे । गाउँपालिकाभित्रका दश ओटा स्वास्थ्य चौकीको भौतिक संरचना, जनशक्ति व्यवस्थापन, खोप पोषण, सरुवा रोग, सुरक्षित मातृत्व तथा परिवार नियोजन, स्वास्थ्य स्वयम्सेवीका, बाल स्वास्थ्य, कोभिड १९ महामारी रोकथाम तथा नियन्त्रण सम्बन्धी विषयमा समीक्षा भएको थियो । स्वास्थ्य संयोजक केशव जिसीको सञ्चालनमा कार्यक्रम भएको थियो ।
प्रकाशित मिति: बिहीबार, भदौ १०, २०७८  १९:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update