Erani Mahal
बागलुङमा भूकम्पले क्षतिग्रस्त १७९ विद्यालयको पुनर्निर्माण
School Jana gargati mavi
बागलुङ- भूकम्पले क्षतिग्रस्त बागलुङ १७९ वटा सामुदायिक विद्यालयका भवन पुनःनिर्माणको काम सकिएको छ । पुनःनिर्माण भएका विद्यालय मध्य ७ वटा हस्तान्तरण हुन बाँकी छन् । अन्य विद्यालय भवन नियमित पठन पाठन सञ्चालन गर्न सक्ने अवस्थामा रहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण आयोजना कार्यान्वयन इकाई शिक्षाका बागलुङका प्रमुख मोतिलाल चपाईले जानकारी दिनुभयाे । वि.स. २०७२ साल बैशाख १२ गतेको भूकम्पले जिल्लाका २१० सामुदायिक विद्यालय पुनःनिर्माण गर्नुपर्ने गरी क्षति गरेको थियो । दश स्थानीय तहका १७९ विद्यालय भवन पुनःनिर्माणको लागि योजना स्वीकृति भएका थिए । भूकम्पले क्षति भएको करिव ६ बर्ष पछि विद्यालय पुनःनिर्माणको काम सकिएको कार्यालय प्रमुख चपाईले बताउनुभयाे । कुल ५२८ विद्यालयका तीन हजार ७८० कक्षा कोठा रहेको बागलुङमा भूकम्पले २१० विद्यालयका दुई हजार ३५ कक्षाकोठा पूर्ण क्षति भएका थिए । भूकम्पपश्चात खुला आकाशमुनि रहेका विद्यार्थीलाई कक्षा कोठाभित्र स्थानान्तरणको लागि प्राधिकरणले २ कोठका ६८, ३ कोठ का २९ र ४ कोठका ८२ वटा विद्यालय भवन निर्माण गरेको हो । जैमिनी नगरपालिकाको सर्वोदयजनक मावि, पल्लोपाखा मावि, जनप्रिय मावि, सुन्तलाचौर मावि, जनता मावि, ताराखोला गाउँपालिकाको नेपाल मावि र बागलुङ नगरपालिकाको आधारभूत माविको विद्यालय भवन निर्माणको अन्तिम चरणमा छ । सात वटा विद्यालय हस्तान्तण पश्चात विद्यालय पुनःनिर्माणको काम सकिने उहाँले बताउनुभयाे । जिल्लामा आर्थिक बर्ष २०७३/०७४ देखि विद्यालय पुनःनिर्माणको काम सुरु भएको थियो । पहिलो बर्ष १४, दोस्रो बर्ष १४, तेस्रो बर्ष ४०, चौथो बर्ष ३८, पाँचौ बर्ष आठ र छैठौँ बर्षमा इकाइले आव २०७५/७६ देखि विद्यालयमा खानेपानी र शौचालय निर्माणको काम सुरु गरेको छ । हालसम्म ३१ वटा विद्यालयमा खानेपानी विस्तार तथा ५८ वटा विद्यालयमा शौचालय निर्माण गरिएको छ । नेपाल मावि तारामा शौचालय तथा खानेपानी, बागलुङ नगरपालिकाको सिगाना माविमा शौचालय र चौतारे डाडा माविमा शौचालयन निर्माणको काम ढिला भएको छ । पुनर्निर्माण प्राधिकरणले तीन कोठे भवनको लागि ३५ लाख ७० हजार, चार काठे भवनलाई ७० लाख लाख ४० हजार, दुई कोठे भवनलाई २३ लाख ९० हजार, शौचालय निर्माण गर्न १५ लाख र खानेपानी आयोजनालाई ७ लाख रुपैयाँ बजेट उपलब्ध गराएको थियो ।
प्रकाशित मिति: बुधबार, भदौ ९, २०७८  १९:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update