Erani Mahal
तीन पटक सिलन्यास भयाे तर अझै सकिएन अर्घाखाँचीकाे विमानस्थल निर्माण !
arga airport
अर्घाखाँची- अर्घा भगवती विमानस्थलको दोस्रो चरणको निर्माण कार्य पुनः सुरु भएको छ । आठ करोड १० लाख रुपैयाँको लागतमा विमानस्थल निर्माण हुन लागेको हो । दोस्रो चरणको निर्माणका लागि प्रदीप प्रतिभा खनाल ब्रदर्स जेभीले तीन करोड ५६ लाखमा ठेक्का पाएको छ । नागरिक उड्यन प्राधिकरणसँग एक वर्षको सम्झौता भएर कम्पनीले काम सुरु गरेको छ । २०७३ साउनमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले विमानस्थल निर्माणको शुभारम्भ गरेका थिए । पाँच करोड ६९ लाखमा विमानस्थलको रनवेको काम सुरु गरिएको हो । अर्घाखाँचीका प्रतिनिधिसभा सदस्यसमेत रहेका रायमाझीले पहिलोपटक १३ असार ०७३ मा विमानस्थल निर्माणको शिलान्यास गरेका थिए । पछि उनले ११ चैत ०७४ र २२ साउन ०७६ गरी तीनपटक विमानस्थलको शिलन्यास गरे । तर अझैसम्म पनि काम सम्पन्न हुन सकेको छैन । ०७३ मा शिलन्यास गर्दै रायमाझीले एक वर्षमा काम सक्ने भने पनि पाँच वर्ष बितिसकेको छ । विमानस्थल निर्माणपछि अर्घाखाँचीसहित छिमेकी जिल्ला गुल्मी, प्युठानका नागरिक लाभान्वित हुनेछन् ।
प्रकाशित मिति: बुधबार, भदौ ९, २०७८  १९:११
प्रतिक्रिया दिनुहोस्
Weather Update