Erani Mahal
किन भेट्दैछन् ओलीलाइ बीजेपी नेता चौथाइवाले बालकोटमा ?
oli bijaya
काठमाडौं- नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टीका वरिष्ठ नेता विजय चौथाइवालेले राजनीतिक भेटघाट तीव्र पारेका छन् । आइतबार काठमाडौं आइपुगेका नेता चौथाइवालेले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गरिसकेका छन् । उनले प्रधानमन्त्री निवास बालुवाटारमा देउवासँग समसामयिक कुराकानी गरेका थिए । बीजेपी नेता चौथाइवालेले सोमबार बिहान एमाले अध्यक्ष केपी ओलीसँग भेटवार्ता गरेका छन् । ओली निवास बालकोट पुगेका उनले दुई देशका सम्बन्धका विषयमा सकारात्मक कुराकानी भएको जानकारी दिए । ओली प्रधानमन्त्री भएकै बेला पनि चौथाइवाले काठमाडौं आएका थिए ।
प्रकाशित मिति: सोमबार, भदौ ७, २०७८  १२:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update