Erani Mahal
नियमित यौंन सम्पर्क नहुँदा देखिन सक्ने समस्याहरु !
sex
एजेन्सी- यौन सम्पर्क खासगरी विवाहित दम्पतीको दिनचर्याकै एउटा हिस्सा हो । नव–दम्पतीबीच रातमा कति पटक यौन सम्पर्क स्थापित हुन्छ । जब उमेर ढल्कदै जान्छ वा बैवाहिक जीवन लम्बिदै जान्छ, यौन सम्र्कको दर पनि क्रमस घट्दै जान्छ । थुप्रै दम्पतीबीच यौन सक्रियतामा असन्तुलन हुनेगर्छ । कतिले आफ्नो पार्टनर यौनमा उदासिन भएको बताइरहेका हुन्छन् । त्यसैगरी कतिले आफ्ना पार्टनर यौनमा बढी नै सक्रिय हुने गुनासो गर्छन् । जबकी यौन सम्पर्कमा दुबैको रुची, उत्सुकता र सक्रियता समान हुनुपर्छ । यदि त्यसो भयो भने यौन जीवन सुखमय हुन्छ । अक्सर दम्पतीको यौन सम्बन्धमा तालमेल मिलिरहेको हुँदैन । यहि कारणले उनीहरुको सम्बन्धमा खटपट आउँछ । मनमुटव हुनेगर्छ । कतिपय अवस्थामा त डिभोर्स पनि हुने गर्छ । जब पार्टनरबाट यौन सन्तुष्टि मिल्दै उनीहरुले अर्कैतिर त्यसको विकल्प खोज्न थाल्छन् । पति वा पत्नी दुबैको हकमा यस्तो हुनसक्छ । त्यसैले यौन सम्बन्धमा दुबै पति पत्नी सक्रिय हुनुपर्छ । तर, यौनमा अधिक रुची हुनु पनि राम्रो मानिदैन । साथै यौनमा उदासिन भएको पनि राम्रो मानिदैन । दम्पतीको सम्बन्ध सुमधुर राख्नका लागि यौन जीवनमा सन्तुष्ट चाहिन्छ । यौन जीवन सुखमय भयो भने उनीहरु एकअर्कामा थप नजिक हुनपुग्ने विभिन्न अध्ययनहरुमा पाइएको छ । यसको शारीरिक फाइदा पनि छ । भनिन्छ, यौन सम्पर्कको क्रममा शरीरको रक्तप्रवाह राम्ररी हुन पाउँछ । यसले मुटुलाई स्वस्थ्य राख्नदेखि छालामा चमक ल्याउनसम्म सहयोग गर्छ । अमेरिकन जर्नल अफ कार्डियोलोजीमा प्रकासित एक अध्ययन अनुसार जो पुरुष हप्तामा दुई पटक भन्दा बढी यौन सम्पर्क गर्छन्, उनीहरुमा हृदयघातको खतरा ४५ प्रतिशत कम हुन्छ । अध्ययनमा के पनि उल्लेख छ भने, स्वस्थ्य यौन जीवनले शरीरमा कार्टिसोल नामको हर्मोन कम उत्पन्न हुन्छ, जसले चिन्ता र उच्च रक्तचापको समस्या पनि हुँदैन । नियमित यौंन सम्पर्क नहुँद देखिनसक्ने समस्याहरु तपाईले नियमित रुपमा यौन सम्पर्क गर्ने गर्नुभएको छैन् ? भने तपाईलाई विभिन्न खालका समस्याहरु देखिन सक्छन् । किनभने सेक्स गर्दा एडोर्फीन हर्मोन अर्थात आनन्द दिने हर्मोन निस्कासन हुन्छ जो तनावलाई नियन्त्रण गर्न मद्धत गर्छ । यौन दुर्वलताः अध्ययनको अनुसार जो व्यक्ति सातामा कम्तीमा दुई पटक सेक्स गर्छ उसमा इरेक्टाईल डिस्फङसन (यौन दुर्वलता) त्यति हुँदैन जति सेक्स नगर्ने व्यक्तिमा हुन्छ । किनभने सेक्स पटक पटक गर्दा पेनाइल मसल्सको मजबुत हुन्छ । डिप्रेशनः स्सेक्समा सहभागी हुन नपाउँदा जसरी पुरुष डिप्रेशनमा जान्छन त्यस्तै गरि महिलालाई पनि असर पर्न सक्छ । ‘आर्काइव्स सेक्चुअल विहेवियर’को जर्नलमा प्रकाशित अध्ययन अनुसार मेलाटोलिन, सेरोटोनीन र अक्सिटोसिन जस्ता हर्मोनहरु पुरुषको बीर्यमा रहन्छ जो सेक्स गर्दा महिलामा पुग्छ र महिलाको मुड बनाउन मद्धत गर्छ । रिसाहापनः बढने स्व्यस्त तालिकाका कारण यदि कुनै जोडिले सेक्सका लागि समय निकाल्न पाएनन भने महिला वा पुरुष दुवैमा एक खालको रिस पैदा हुन्छ । र यसले दुईबीच दरार पैदा हुनसक्छ । रोग प्रतिरोधी क्षमता कमजोर: अध्ययनहरुबाट थाह भएको छ कि सातामा कम्तिमा दुईपटक सेक्स गर्दा उसको रोग प्रतिरोधक क्षमता ठीक रहन्छ ।   स्याउले बढाउँछ महिलाको सेक्स पावर अ एप्पल अ डे, कीप्स डाक्टर अवे’ अर्थात प्रतिदिन एउटा स्याउ सेवन गरे तन्दुरुस्त रहन पुग्ने विश्वास गरिन्छ । यो भनाइ तपाईले पनि सुन्नु भएकै होला । एउटा ताजा सर्भेका अनुसार स्याउ सेवनबाट महिलाको कामुकता बढ्ने गर्दछ । अध्ययनका अनुसार दैनिक स्याउ खाँदा स्वस्थ महिलाको यौन क्षमता बढ्छ । स्याउमा पोलिफेनाल्स र एन्टीआक्सिडेन्ट हुने गर्दछ । जसले यौनअंगमा रक्तप्रवाह बढाउन सहयोग गर्दछ । यसबाट महिलामा कामोत्तेजना थप बढाउने गर्दछ ।यो निर्णयमा पुग्नका लागि शोधकर्ताहरुले इटालीमा १८ देखि ४३ वर्ष उमेर समूहका ७३१ जना स्वस्थ महिलामा अध्ययन गरेका थिए । अध्ययनमा महिलाहरुले ‘महिला यौन क्षमता सूचकांक’ भरे, जसमा यौन फंक्शन, सेक्स्युअल फ्रिक्वेन्सी, सम्भोग, ल्युब्रिकेशन र समग्र यौन सन्तुष्टिका बारेमा प्रश्न सोधिएको थियो ।शोधकर्ताहरुले पाए कि जुन महिलाले हरेक दिन एक वा दुई स्याउ खाने गरेका थिए, उनीहरुको ल्युब्रिकेशन र ओभर अल सेक्स्युअल फंक्शन बढी उत्तम थियो । स्याउमा फ्लोराजिन पनि हुने गर्दछ जुन एउटा आम फिस्टेस्ट्रोजेन हो । यो संरचनात्मक रुपबाट एस्ट्राडियोलजस्तै हुने गर्दछ । एस्ट्राडियोल महिला सेक्स हर्मोन हो जसले कामुकता बढाउन सहयोग गर्छ । एजेन्सीहरुको सहयोगमा
प्रकाशित मिति: बिहीबार, भदौ ३, २०७८  १८:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update