Erani Mahal
सीप र सहयाेग पाएपछि पाल्पाली करूवाकाे उत्पादन बढ्दैं
karuwaa (1)
पाल्पा – पाल्पाली करुवा उत्पादनमा युवापुस्ता आउन थालेका छन् । सीप र प्रोत्साहनको अभावले करुवा उत्पादनमा आकर्षित हुन नसकेका युवापुस्ता पुन करुवाको उत्पादनमा सक्रिय भएका छन् । तीन पुस्ताअघिदेखि उत्पादन हुँदै आएको पाल्पाली उत्पादनका लागि आवश्यक सीप सहयोग पाएपछि नयाँ पुस्ता करुवा उत्पादनमा काम गर्न थालेका हुन् । एक वर्षअघि पाल्पाली करूवा बनाउने सीप सिकेपछि युवा पुस्ता करुवा उद्योगभित्र करुवा उत्पादनमा सक्रिय भएको उनीहरूको भनाई छ । पाल्पाली करुवा बनाउन तालिम लिएपछि युवापुस्ता पनि पाल्पाली ब्राण्ड बनेको पाल्पाली करुवा बनाउन कस्सिएका छन् । ‘तीन महिना करुवा बनाउने तालिम लिएपछि उत्पादनमा लागेको तानसेन–१, गैरागाउँका खिमबहादुर विकले बताउनुभयो । ‘पहिले करुवा बनाउने सीप थिएन, तालिम पाएपछि लोप हुँदै गएको पाल्पाली करुवा बनाउन सुरु गरेका छौँ विकले भन्नुभयो आफ्नै लगानीमा करुवा उद्योग समेत चलाएका छौँ ।’ करुवा बनाउन सीप सिक्न र उद्योग सञ्चालन गर्न इच्छुक व्यक्तिलाई छनौट गरेर १३ जनालाई तीन महिनाको करुवा बनाउने तालिम दिइएको थियो । तालिमपछि केहीले व्यक्तिगत र केहीले सामूहिक रुपमा करुवा उत्पादन थालेको तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले बताउनुभयो । तानसेन नगरपालिका, संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) र ग्रामीण आर्थिक विकास सङ्घ (रेडा) ले संयुक्त रुपमा युवालाई स्वरोगजार बनाउन सहयोग गरेका छन् । करुवाको तालिम लिएका र उद्योग तथा व्यवसाय सञ्चालन गर्न चाहने युवालाई नेपाल बैँकसँगको सहकार्यमा सहुलियतमा लगानी भइरहेको नगरप्रमुख शाहीले बताउनुभयो । पहिले करुवा उद्योग नदेखेका मानिसले समेत अहिले करुवा उद्योगभित्र उत्पादनमा लागेको उनीहरूले बताएका छन् । ‘पहिले करुवा बनाउन अप्ठेरो छ भन्ने लागेको थियो तानसेन नगरपालिका–११, बन्दीपोखराका ३९ वर्षीय लेखबहादुर विकले भन्नुभयो तर अहिले काम गर्दै जाँदा सजिलो लागेको छ ।’ तालिमपछि करुवा उद्योग सञ्चालन गरेका उनीहरूले वार्षिक १८ लाख आम्दानी गर्ने दावी गरेका छन् । अहिले दैनिक रुपमा साना र ठूला गरी १०÷१५ वटा करुवा उत्पादन भईरहेको छ । पाल्पाली करुवाले राम्रो बजार पाएको खण्डमा वार्षिक १८ लाख बढीको आम्दानी हुने उनीहरू बताउँछन् । पुराना सीप जोगाएर अन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धन गर्ने र व्यक्तिलाई उद्यमशील बनाउने नगरपालिकाको लक्ष्य रहेको छ । यसले एकातर्फ पुरानो उत्पादनलाई व्यवसायिक बनाउन सहयोग गर्ने र अर्कोतर्फ स्वरोजगार बन्न सहयोग पुग्ने ग्रामीण आर्थिक विकास सङ्घ रेडाका कार्यकारी निर्देशक लिलाबहादुर कार्कीले बताउनुभयो ।
प्रकाशित मिति: मंगलबार, भदौ १, २०७८  ०८:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update