Erani Mahal
पाल्पामा शनिबार ४७ जनामा काेराेना संक्रमण पुष्टि
sss
पाल्पा – शनिबार पाल्पामा ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एनटिजीन र पीसीआर परीक्षणका आधारमा गरिएको कोरोना परीक्षणमा ४७ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । कार्यालयमा अनुसार पीसीआर र एनटिजीन गरी शनिबार १७६ जनाको कोरोना परीक्षण गरिएको थियो । स्वास्थ्य कार्यालय पाल्पाले शनिबार २६ प्रतिशत बढीमा कोरोना संक्रमण देखिएको छ । योसँगै पाल्पामा ४८२ जना सक्रिय संक्रमित रहेका छन् । शनिबार २२ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले कोरोना संक्रमण घटबढ हुने क्रम जारी रहेको बताउनुभयो । पाल्पामा हालसम्म २०४ जना कोरोना संक्रमितको मृत्यु भइसकेको उहाँले बताउनुभयो ।
प्रकाशित मिति: शनिबार, साउन ३०, २०७८  २०:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update