Erani Mahal
गुल्मीमा जिप दुर्घटना : ५ जना यात्रु घाइते
ccc
गुल्मी - गुल्मीकाे सत्यवतीमा जीप दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । बुधबार बेलुकी सत्यवती–४ खैरेनीबाट लिंम्घातर्फ जाँदै गरेको लु २ च १४६८ नम्बरको जीप दुर्घटना हुँदा ५ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेहरुमा जीप चालक सत्यवती गाउँपालिका–४ का ३६ वर्षीय शेरबहादुर श्रीसमगर, सेही स्थानका ६८ वर्षीया नैनकला पौडेल, सत्यवती–७ का ७४ वर्षीय चन्द्र विक, सत्यवती–५ की ५० वर्षीया दिलकुमारी पुन र सत्यवती–५ की ६५ वर्षीया भद्रीकला ज्ञवाली रहेको प्रहरी जनाएको छ । घाइतेहरुलाई प्रथामिक स्वास्थ्य केन्द्र जोहाङमा उपचार भईरहेको छ। जीप आफैं अनियन्त्रित भएर सडकबाट करीब १५ मिटर तल खसेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, साउन २०, २०७८  २०:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update