Erani Mahal
महिलामाथि जबर्जस्ती गरेकाे आरोपमा १७ वर्षीय किशाेर पक्राउ
pakrau
पाल्पा – रिब्दीकोटबाट एक जना १७ वर्षका किशोरलाई प्रहरीले जबर्जस्ती करणी मुद्दामा पक्राउ गरेको छ । बुधबार बिहान साढे १ बजे घरमै सुतिरहेको अवस्थामा ४५ वर्षकी महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले किशोरलाई पक्राउ गरेको हो । किशोरले महिलालाई जबर्जस्ती करणी गरेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । प्रहरीका अनुसार थप अनुसन्धान कार्य भईरहेको छ । निषेधाज्ञाका समयमा जिल्लामा बलात्कारका घटनामा बृद्धि भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिनुभयो ।
प्रकाशित मिति: बुधबार, साउन २०, २०७८  १९:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update