Erani Mahal
पाल्पामा बुधवार ५५ कोरोना संक्रमित थपिए : २९ जना निको भए
corona_palpa
पाल्पा– पाल्पामा बुधवार ५५ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका अनुसार पिसिआरबाट ११ जना र एन्टिजेन परीक्षणमा ४४ जना गरी ५५ जना कोरोना संक्रमित थप भएका हुन् । बुधवार पाल्पामा १७ महिला र १३ पुरुष गरी २९ जना कोरोना संक्रमितहरु निको भएर घर फिर्ता भएका छन् । पाल्पामा अहिले कोरोना परीक्षण भएर संक्रमित हुनेहरुको संख्या ८ हजार ५ सय ४१ पुगेको छ । निको हुनेहरुको संख्या ७ हजार ९ सय ९४ पुगेको छ । पाल्पामा अहिलेसम्म १ सय २६ जनाको कोरोनाको कारण निधन भइसकेको छ । पाल्पामा सक्रिय कोरोना संक्रमितको सख्या ४ सय २१ रहेको छ । उनीहरु मध्ये ३८६ जना होम आइसोलेशन र अन्य अस्पताल तथा आइसोलेशन सेन्टरमा उपचाररत रहेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओम पन्थीले बताउनुभयो । पाल्पामा कोरोना संक्रमण संख्या खुकुलो लकडाउनसँगै बढेको लापरवाहीले थप संक्रमण फैलिदै गएको छ ।
प्रकाशित मिति: बुधबार, साउन २०, २०७८  १७:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update