Erani Mahal
जिल्ला प्रहरी पाल्पाद्वारा फरार दुई अभियुक्त पक्राउ
Abiyukta
पाल्पा– जिल्ला प्रहरी कार्यालय पाल्पाले फरार रहेको दुई अभियुक्तलाइ पक्राउ गरेको छ । जिल्ला अदालत पाल्पाबाट फैसला भई कैद तथा जरिवाना तोकिएका बगनासकाली २ का २८ वर्षका नारायण बगाले र रामपुर १० का १९ वर्षिय नारन सुनारलाई पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयो । बगालेको सवारी ज्यान मुद्धामा एक महिना ६ दिन कैद तोकिएको छ भने सुनारलाई पशुपंक्षी सम्बन्धि कसुर गोरु मारेको अभियोगमा ३ महिना ७ दिन कैद तोकिएको छ । उनीहरुलाइ पक्राउ गरी जिल्ला अदालतमा बुझाएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, साउन २०, २०७८  १६:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update