Erani Mahal
पाल्पा प्रशासनकाे आजदेखि साउन २९ सम्मका लागि अधिकांश सेवा स्थगित
pp
पाल्पा – जिल्ला प्रशासन कार्यालयले आज बुधबारदेखि दश दिनका लागि अधिकांश सेवा बन्द गरेकाे छ । प्रशासनका ५ जना कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि प्रशासनले अधिकांश सेवा दश दिनका लागि बन्द गरेकाे हाे । प्रशासनले बुधबार साउन २० गतेदेखि २९ गतेसम्मका लागि विपद् व्यवस्थापन, शान्ति सुरक्षा र मुद्धा तथा ठाडो उजुरीबाहेकका अन्य सबै सेवा बन्द गरेकाे जनाएको छ । पाल्पाका प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले प्रशासन कार्यालयका पाँच जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि केही सेवाबाहेक सबैखाले सेवा बन्द गर्नुपरेको बताउनुभयो । प्रशासनकाे सूचना हेर्नुहाेस् :
प्रकाशित मिति: बुधबार, साउन २०, २०७८  १२:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update