Erani Mahal
जिल्ला प्रशासन कार्यालय पाल्पाकाे सेवा भाेलिदेखि बन्द : कर्मचारीमा काेराेना पुष्टि
pp
पाल्पा – जिल्ला प्रशासन कार्यालयले बुधबारदेखि तीन वटा सेवाबाहेक अन्य सेवा दश दिनका लागि बन्द गरेको छ । कोरोना महामारीका बीच सेवा प्रदान गर्ने क्रममा ५ जना कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि प्रशासनले दिने केही सेवाबाहेक सबैखाले सेवा बन्द गर्नुपरेको उसले जनाएको छ । प्रशासनले बुधबार साउन २० गतेदेखि २९ गतेसम्मका लागि विपद् व्यवस्थापन, शान्ति सुरक्षा र मुद्धा तथा ठाडो उजुरीबाहेकका अन्य सबै सेवा बन्द गरेकाे जनाएको छ । पाल्पाका प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले प्रशासन कार्यालयका पाँच जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि केही सेवाबाहेक सबैखाले सेवा बन्द गर्नुपरेको बताउनुभयो । प्रजिअ पाण्डेले कार्यालयमा अनावश्यक भीडभाड नगर्न र स्वास्थ्य सम्बन्धी मापदण्ड पूर्ण पालना गर्न सबैलाई आग्रह गर्नुभएको छ । प्रशासनकाे सूचना हेर्नुहाेस् :
प्रकाशित मिति: मंगलबार, साउन १९, २०७८  १९:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update