Erani Mahal
पाल्पाकाे काेराेना अपडेट : मंगलबार ४७ जना संक्रमित, ४८ जना निकाे
Corona_
पाल्पा – पाल्पामा मंगलबार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय पाल्पाले दिएको जानकारी अनुसार १२४ जनामा गरिएको कोरोना परीक्षणमा ४७ जनामा संक्रमण पुष्टि भएको हो । यो संख्या भनेको ३८ प्रतिशत बढी हो । मंगलबार कोरोनाबाट निको हुनेको संख्या ४८ जना छ । योसँगै पाल्पामा सक्रिय संक्रमितको संख्या ३९५ रहेको छ । सक्रिय संक्रमितको संख्या समेत बढ्ने र घट्ने क्रम जारी रहेको छ । मानिसले असाबधानीपूर्वक गरेको गतिबिधिका कारण संक्रमित हुने दर समेत बढेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो । निषेधाज्ञा खुकुलो पारेपछि जिल्लाको संक्रमण दर बढेको उहाँले बताउनुभयो । पाल्पा जिल्लामा कोरोना संक्रमितको संख्या घटबढ् हुने क्रम जारी रहेको छ । यस्तै मृतकको संख्या समेत बढेको छ । कोरोनाबाट हालसम्म १२६ जनाको मृत्यु भएको छ । होम आइसोलेशन र जिल्लाबाहिरका अस्पतालमा उपचारको क्रममा मृत्यु हुनेको संख्या भने यहाँ उल्लेख गरिएको छैन । जिल्लाबाहिर र होमआइसोलसनमा ८० भन्दा बढी संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । उक्त संख्या समेत जोड्ने हो भने पाल्पाका मात्र कोरोनाबाट २ सय बढी संक्रमितको मृत्यु भईसकेको छ ।
प्रकाशित मिति: मंगलबार, साउन १९, २०७८  १६:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update