Erani Mahal
सिद्धबावा दुर्घटना अपडेट : सहचालककाे मृत्यू , घाइते चालककाे उपचार हुँदै !
acc
पाल्पा – सिद्धबावा नजिकै गुडिरहेको बलेरोमा ढुंगा खस्दा एक जनाकाे मृत्यू भएकाे छ भने एक जना घाइते भएका छन् । गुडिरहेको लु २ च ७३८७ नम्बरको बलेरो जीपमा ढुंगा खस्दा जीपमा सवार चालक र सहचालक घाइते भएको प्रहरीले जनाएको छ । जीपमा बेलुकी ८ बजेतिर सडक माथिबाट ढुंगा खसेकाे स्थानीयले बताएका छन् । ढु‌गा खसेर च्याप्दा स्याङजा वालिङ नगरपालिका–११ का २३ वर्षीय आशिष खाँडको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी जिपका सह–चालक हुन् । खाँडको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिनुभयाे । यस्तै चालककाे लुम्बिनी अस्पताल बुटवलमा उपचार भइरहेकाे छ । स्याङ्जाको चापाकोट नगरपालिका–५ का चालक डिलु थापा घाइते हुनुभएकाे हाे । उहाँकाे अवस्था सामान्य नै रहेकाे प्रहरीले जनाएकाे छ । तस्विर : दिपक गैरेकाे सहयाेगमा । स्थानीय मानिस, अन्य सवारीसाधनका यात्रुहरूले घाइतेकाे उद्धार गरेका थिए ।
प्रकाशित मिति: सोमबार, साउन १८, २०७८  २२:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update