Erani Mahal
पाल्पामा थप ५७ जनामा काेराेना पुष्टि संख्या ८ हजार ४ सय ३९ पुग्याे !
Corona_
पाल्पा – पाल्पामा साेमवार थप ५७ जना काेराेना संक्रमित थप भएका छन् । साेमवार पिसिआर परीक्षणमा १६ र एन्टिजिनमा ४१ नयाँ काेराेना सङ्क्रमित थपिएका छन् । ३१ पिसिआर परीक्षण गर्दा १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताउनुभयो । पाल्पामा यस सँगै काेराेना संक्रमितहुनेहरुकाे संख्या ८ हजार ४ सय ३९ पुगेकाे छ । यस्तै ३७ महिला र ३४ पुरुष गरी ७१ जना निकाे भएर घर फिर्ता भएका छन् । पाल्पामा हाल ३९६ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् । केही दिन यता पाल्पामा काेराेनाकाे सक्रिय सङ्क्रमित बढ्दै गएकाे पन्थीले बताउनुभयो । पाल्पामा केही दिनयता कोरोनाबाट निको हुनेभन्दा सङ्क्रमित हुने मानिसको सङ्ख्या बढ्दै गएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । पाल्पामा हालसम्म कोरोनाका कारण १२६ जनाको निधन भईसकेको छ । आज थप एक जनाकाे निधन भएकाे हाे । पाल्पामा कुल काेराेना परीक्षण पश्चात संक्रणम देखिएकाे संख्या ८ हजार ४ सय ३९ पुगेकाे छ । भने निकाे हुनेकाे संख्या ७ हजार ९ सय १७ पुगेकाे छ । पाल्पामा कुल सक्रिय ३९६ संक्रमितमा हाेम आइसाेलेशनमा ३ सय ५६ जना आइसियू ० जना एचडियूमा २० भेन्टिलेटरमा ० र आइसाेलेशनमा २२ जनाकाे उपचार भइरहेकाे छ ।
प्रकाशित मिति: सोमबार, साउन १८, २०७८  २०:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update